प्रदेश २ को नामाकरणका लागि नेपाली काँग्रेस र नेकपाले गर्योे छुट्टाछुट्टै प्रस्ताव पेश
प्रकाशित मिति
२०७६ भाद्र ५ गते, बिहीबार ०५:०९
प्रदेश २ को नामाकरण गर्नका लागि प्रदेशसभा सचिवालयमा नेपाली काँग्रेस र नेकपाले छुट्टाछुट्टै प्रस्ताव पेश गरेको छ ।

प्रदेश २ को प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा र राजधानी जनकपुधराम उपमहानगनरपालिका राख्ने प्रस्ताव पेश गरेको छ । बिहीबार प्रदेशसभा सचिवालयमा प्रदेश २ को नाम मिथिला भोजपुर र राजधानी जनकपुरधाम उपमहानगरपालिका भित्रलाई राख्ने गरी प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रस्ताव पेश गरेको हो । नामका प्रस्ताव काँग्रेसका प्रदेश सांसद नरेश कुमार यादवले पेश गर्नु भएको छ भने र राजधानीको प्रस्ताव काँग्रेस संसदीय दलका नेता रामसारोज यादवले पेश गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । प्रदेश २ को नामाकरण जानकी र प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्ग सहित पुरै धनुषा जिल्ला निर्धारण गर्न बिहीबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्न प्रस्ताव पेश गरेको हो । नेकपाको तर्फबाट जानकी प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने प्रस्ताव सांसद रामकुमार यादवले दर्ता गराउनु भएको छ भने राजाधानी जनकपुर परिक्रमा मार्ग सहित पुरै धनुषा जिल्ला हुनुपर्ने प्रस्ताव नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराउनु भएको छ । नेपालको संविधान अनुसार प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन प्रदेशसभामा कायम रहेको सदस्य संख्याको २ तिहाई बहुमत चाहिन्छ ।









प्रतिकृया