• २४ भदौ २०८३, बुधबार
  • १२ः५२ दिउँसो

खुकुरी देखाउँदै फेसबुकमा गालि गलौज गर्ने एक युवक पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ४ गते, बुधबार ०४:२०

काठमाडौं, सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी विभिन्न भिआइपी तथा प्रतिष्ठित व्यक्तिहरुलाई गालि ग्लौज गर्ने एक जना पक्राउ परेका छन् ।

National Life

पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय सागर मैनाली रकेबा छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न भिआइपी तथा प्रतिष्ठित व्यक्तिहरुलाई नाङ्गो खुकुरी देखाई अमर्यादित शब्दहरु प्रयोग गरी गाली ग्लौज गरेको भिडियो फेसबुकमा पोष्ट गरी ईज्जत, मान प्रतिष्ठा समेतमा आँच पुर्‍याउने कार्यमा संलग्न रहेका मैनालीलाई महानगरीय अपराध महाशाखा टेकुको समन्वयमा ईलाका प्रहरी कार्यालय सिमराको सहयोगमा पक्राउ गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ मैनालीलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

प्रतिकृया