• २४ भदौ २०८३, बुधबार
  • १ः४६ दिउँसो

अबैध भारतीय रुपैयाँ सहित पाँच जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ४ गते, बुधबार ०४:३३

दाङ, लमही नगरपालिका–९ जलकुण्डीस्थित पूर्व–पश्चिम राजमार्गबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका–२ प्रेमनगर बस्ने ४२ वर्षीय ससे बिक, ३३ वर्षीया मन कुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका–९ बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका–८ बस्ने २७ वर्षीय शिव सिंह भनिने पूर्ण बिक र दाङ तुलसीपुर उपमहानगरपालिका–५ बरुवा बस्ने २७ वर्षीया हिरा बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया