• २४ भदौ २०८३, बुधबार
  • १ः४६ दिउँसो

चोरी लुटपाट नियन्त्रण न्युनिकरण एक महिने अभियान सुरु

प्रकाशित मिति

२०७६ भाद्र ४ गते, बुधबार ०४:०५

भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमीले चोरी लुटपाटका आपराधलाई नियन्त्रण गर्ने उद्धेश्यले समुदाय–प्रहरी साझेदारी अन्तर्गत एक महिने चोरी लुटपाट नियन्त्रण न्युनिकरण अभियान मंगलबार देखि सुरु गरेको छ ।

National Life

उक्त अभियानमा प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोईराला ,मध्यपुर थिमी नगरपालिका – ६ का वडा अध्यक्ष इन्द्र बहादुर प्रजापति, स्कुल,बैंक, व्यवसायी , आमा महिला समुह, टोल सुधार समिति, संघ संस्था, स्थानीय समुदाय, समुदाय–प्रहरी, वडा तथा टोल समितिका पदाधिकारी समेत गरी १५० जनाको उपस्थिति रहेको थियो ।

चोरी लुटपाट नियन्त्रण सम्बन्धी माईकिङ्ग, पाँच सय थान पर्चा वितरण तथा पाँच सय थान स्टिकर टाँस गर्दे बजार परिक्रमा गरी नगरपालिका चोकमा भेला भई अन्तक्रिया गरी कार्यक्रम समापन गरिइको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया