• ४ साउन २०८३, सोमबार
  • ७:३१ बेलुका

तीन महिनामा डेंगुका बिरामी तीन हजार भन्दा धैरे

प्रकाशित मिति

२०७६ भाद्र १ गते, आईतवार १२:०४

सुनसरी, सुनसरीमा तीन महिनाको अवधिमा डेंगुका बिरामीको संख्या ३ हजार २ सय ६६ जना पुगेको छ । बिरामीहरुमध्ये सबैभन्दा बढी धरानमा मात्र ३ हजार १ सय ७३ जना रहेका छन् । डेंगुका कारण अहिलेसम्म धरानमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पतालका अनुसार धरान वडा नंम्बर १५ की ३० वर्षीया मनु सुनुवारको मृत्यु भएको हो । जिल्लाभरको रेकर्डअनुसार २०७६ वैशाख ३० गतेदेखि साउन २८ गतेसम्म सबैभन्दा बढी धरानमा बिरामीको संख्या रहेकोमा इटहरीमा ६३ जना र इनरुवामा ३० जना भएको जिल्ला अस्पतालको रेकर्डमा उल्लेख छ ।

Kamana Sewa

धरानमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आग्रह अनुसार डेंगु नियन्त्रणका लागि कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यसबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।

Classic Tech Desktop

प्रतिकृया