• ५ साउन २०८३, मंगलबार
  • ९:२३ बिहान

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पहिरो प्रभावितलाई राहत वितरण

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार ०६:००

गुल्मी, पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली गुल्मीको सत्यवतीका पहिरो पीडितहरुको लागि राहत लिएर तेस्रो पटक प्रभावित क्षेत्रमा पुग्नु भएको छ । आज मन्त्री ज्ञवालीसहित बिभिन्न संघसंस्थाका प्रमुखहरु राहत १२० वटा सेट किचन किड ९४६ वटा आइटम भएका सामाग्रीसहित पहिरो प्रभावित क्षेत्र पुग्नु भएको हो ।

पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० जना प्रभावितलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा छ । रोटरी क्लवमार्फत उपलब्ध गराइएका अस्थायी आवासका सामाग्रीहरु ९० वटा पलङ, १२० वटा टेन्ट, एक क्वीन्टल चिउरा, ५० केजी सोयावडी लगायतका सामाग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीले प्रभावितलाई हस्तातराण गर्नु भएको छ ।

Kamana Sewa

प्रतिकृया