• ५ साउन २०८३, मंगलबार
  • ९:२३ बिहान

पार्किङ गरिराखेको बसको छतमा शव फेला

प्रकाशित मिति

२०७६ श्रावण १७ गते, शुक्रबार ०४:१५

बुटवल, रुपन्देहिको बुटवलस्थित नयाँ बसपर्कमा बसको छतमा शव फेला परेको छ । पार्किङ गरिराखेको बसको छतमा गुल्मीका एक युवकको शव फेला परेको हो ।

गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहिले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Kamana Sewa

प्रतिकृया