• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

चलचित्र ‘रे’ को ट्रेलर सार्वजनिक

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार ०१:४७

चलचित्र ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दिनेश पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलर मङ्गलवार इन्टरनेटमा रिलिज गरिएको हो । एक्सन, लभस्टोरी कथामा निर्माण भएको चलचित्र साउन २४ गतेबाट प्रदर्शनमा आउँदै छ ।

सार्वजनिक ट्रेलरमा सुनिल थापा, सुजाता थपा, दिवश धितालबिचको माया, प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ । उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरूको वरिपरि घुम्ने चलचित्रमा पूर्णिमा लामा, क्रान्ति बराइली, अभिषेक जोशी, रक्षा गुरागाई लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया