• ४ साउन २०८३, सोमबार
  • ७:४० बेलुका

गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की आएपछि…

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार ०१:५७

एजेन्सी, गायक उदित नारायण झालाई लगातार ज्यान मार्ने धम्की आएपछी पुलिसलाई उजुरी दिएको खबर सार्वजनिक भएको छ । पछिल्लो एक महिनादेखि लक्ष्मण नाम गरेका एक व्यक्तिले तीन पटक सम्म एउटै नम्बरबाट उदितलाई मार्ने धम्की दिइरहेको बताउँदै उनले उजुरी दर्ता गरेका हुन् ।

फोन गर्ने व्यक्तिले पैसाको कुनै माग नराखेको तर उदितको हरेक गतिविधि जानकार रहेको बताउने गरेको खुलेको छ । उजुरी दर्ता हुनासाथ धम्की दिने व्यक्तिको खोजी भइरहेको र प्रहरीको अनुसन्धान अनुसार फोन आएको नम्बरको लोकेशन विहारमा रहेको पत्ता समेत लागिसकेको छ । उक्त व्यक्तिले चोरीको मोबाइलबाट फोन गरेको खुलेको छ । हाल उदित नारायणको घर वरिपरि सुरक्षाकर्मी खटाइएको छ ।

Kamana Sewa

प्रतिकृया