प्रहरीमात्रै सक्रिय भएर नहुने महानिरीक्षक खनालको भनाई
प्रकाशित मिति
२०७६ श्रावण ११ गते, शनिबार ०८:१२
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि प्रहरीमात्रै सक्रिय भएर नपुग्ने बताउनु भएको छ । ‘लागू औषध र सडक सुरक्षाकालागि विभिन्न अभियान चलेका छन्, कानुनबमोजिम प्रहरी सक्रिय छ, तर प्रहरी एक्लैले न त लागू औषध नियन्त्रण गर्न सक्छ, न त सडक सुरक्षा कम गर्नै,’ खनालले थप्नु भयो ।
काठमाडौँ भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवको हलमा हिजो नेपाल प्रहरी र महानगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले गरेको ‘सडक सुरक्षा र लागूऔषध नियन्त्रण’ विषयक अन्तरक्रियामा बोल्दै प्रहरी महानिरीक्षक खनालले लागूऔषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनिकरण गर्न गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा दुई–दुई वटा परामर्श केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो ।
काठमाडौं(नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध दुव्र्यसनीमा फसेका व्यक्तिलाई लागुऔषध प्रयोग गर्नबाट छुटाउनका लागि प्रत्येक प्रदेशमा दुई–दुई परामर्श केन्द्र स्थापना गरिने बताउनु भएको छ । उहाले पछिल्लो समय मुलुकमा लागुऔषध प्रयोगकर्ता बढेका र लागुऔषध नियन्त्रण गर्न प्रत्येक प्रदेशका दुई÷दुई स्थानमा परामर्श केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो ।






प्रतिकृया