मेगा बैंक दसौं वर्षमा प्रवेश
प्रकाशित मिति
२०७६ श्रावण ८ गते, बुधबार १०:३३
काठमाडौं, मेगा बैंक नौ वर्ष पूरा गरी दसौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालीन बैंकमा आफनो बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताउनु भयो । विगत ९ वर्षसम्मको समीक्षा गर्दा बैंकले शाखा सञ्जाल विस्तारमा झन्डै ८ गुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद नाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको पनि अध्यक्ष शाहले बताउनु भयो
बैंकको दीर्घकालीन रणनीति अनुसार, देशका ७ वटै प्रदेशका सबै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक कारोबार केन्द्र, हुलाकी तथा मध्यपहाडी राजमार्ग, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका, महानगरपालिकामा बैंकको सञ्जाल विस्तार गर्ने योजना रहेको उहाले बताउनु भयो । सोहीअनुरुप बुटवलमा प्रादेशिक भवन निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष शाहले केन्द्रीय कार्यालय सहित ७ वटै प्रदेशमा आफ्नै घरजग्गामा प्रादेशिक कार्यालय सञ्चालन गर्ने कार्य योजना रहेको बताउनु भयो ।

उहाले सरकारद्वारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत क्षेत्रको व्यावसायिक प्रवर्धन गर्न लगानी वृद्धि गर्दै जाने बताउनुभयो । सरकारको ‘मर्जर’ नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।





प्रतिकृया