• ५ साउन २०८३, मंगलबार
  • ४:०७ बेलुका

अमेरिकामा भेटियो हजारौं अवैध बन्दुक

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार ०३:४३

एजेन्सी, अमेरिकाको लस एन्जलस्थित एक व्यक्तिले अवैध १००० भन्दा धेरै बन्दुक भूमिगत रुपमा संकलन गरिराखेको खुलासा भएको छ । ५८ वर्षीय गिरार्ड डेमिएन साएन्जले एक हजार भन्दा धेरै बन्दुक भूमिगत रुपमा संकलन गरिराखेको खुलासा भएको हो ।

खुलासापछि उनीमाथि अदालतले हातहतियार खरखजना सम्बन्धी मुद्दा लगाएको छ । उनीसँग भएका ती सबै हतियार लाइसेन्सबिना भएको पनि बताइएको छ । उनलाई लस एन्जलसस्थित विशेष अदालतमा उपस्थित गराइएको छ ।उनी पक्राउ पर्दा अधिकारीहरुले भने उनले ती हतियार आपराधिक गतिविधिका लागि उपयोग गरेको संकेत नभएको प्रतिक्रिया दिएका थिए । प्रहरीले ती सबै हतियार नियन्त्रणमा लिएको छ तर ती व्यक्ति कुनै पनि आतंकवादी समुहसँग संलग्न भएका कुनै प्रमाण भेटिएको छैन । गिरार्ड दोषी ठहर भएको खण्डमा उनले ४९ वर्षसम्म जेल जेल सजाय भोग्नुपर्ने छ ।

Kamana Sewa

प्रतिकृया