• ५ साउन २०८३, मंगलबार
  • ८:३३ बिहान

२८ जिल्लामा सरुवा रोगको जोखिम

प्रकाशित मिति

२०७६ असार ३१ गते, मंगलवार ०९:२७

काठमाडौं, अविरल वर्षाबाट प्रभावित २८ जिल्लामा पिउने पानीको स्रोत दूषित भएका छन्। बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिसँगै सरुवा रोगको जोखिम देखिएको चिकित्सकले बताएका छन्। स्वास्थ्य सेवा विभाग, महामारी व्यवस्थापन शाखा प्रमुख डा. प्रकाश शाहले सरुवा र किटजन्य रोगको जोखिम रहेको बताए। झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, हेपाटाइटिसलगायत सरुवा रोगको जोखिम रहेको उनले बताए। तराईका जिल्लामा लामखुट्टेका कारण औलो, डेंगी, कालाजार, चिकनगुनियालगायत कीटजन्य रोगको उच्च जोखिम रहेको छ।

महिला र बालबालिका यसबाट बढी प्रभावित भएका छन्। पानी दूषित भएकाले खाना खानअघि हात धुनसमेत समस्या भइरहेको छ। डा. पाण्डे पानी सुद्धीकरणका लागि क्लोरिन प्रयोग गर्नुपर्ने बताउँछन्। विस्थापितलाई दैनिक जीवनयापनका लागिसमेत समस्या भइरहेको छ। सरुवाजन्य रोग नियन्त्रण तथा पीडितलाई आइपर्ने स्वास्थ्य समस्या समाधानमा जुट्न नेपाल चिकित्सक संघले चिकित्सकहरूसँग अपिल गरेको छ।

Kamana Sewa

प्रतिकृया