• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

स्मृति कप यू–१८ फुटबलमा पुलिस र जाउलाखेल सेमिफाइनल प्रवेश

प्रकाशित मिति

२०७६ असार ३१ गते, मंगलवार ०९:०९

काठमाडौं, नेपाल पुलिस क्लब र जाउलाखेल क्लब ललित स्मृति कप यू–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा पुलिसले मछिन्द्र फुटबल क्लबलाई १–० गोलले हरायो। पुलिसको जितमा मन्जिल राईले खेलको अन्तिममा निर्णायक गोल गरे। मन्जिलले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै पुलिसलाई सेमिफाइनलमा र्पुयाएका थिए।
यसैगरी अर्को खेलमा जाउलाखेल क्लबले आर्मीलाई सडन डेथमा ४–३ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो। निर्धा्रित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि पेनाल्टी सुटआउटमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए। सडन डेथमा जावलाखेलका राम गुरुङले गोल गरे। आर्मीका आशिष आलेले गोल गर्न सकेनन्। सोमबार पुलिस र जाउलाखेलको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।
सेमिफाइनलमा पुलिस र जावलाखेल तथा मनाङ मस्र्याङ्दी र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वउपाध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गरेको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले भाग लिएका थिए।

प्रतिकृया