• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

खोलामा खस्दा एक बालकको मृत्यु

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार १२:३४

झापा, मेचीनगर नगरपालिका—१३ फुलबासा खोलाको छेउ चिप्लिएर खोलामा खस्दा एक बालकको मृत्यु भएको छ । विहानै आफ्नो बुवा खेतमा गएको बेला पछ्याउँदै जाने क्रममा अचानक चिप्लिएर लडेका गंगाराम प्रसाईका छोरा अढाई वर्षीय अजित प्रसाईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानिय गंगाराम प्रसाईका छोरा अढाई वर्षीय अजित प्रसाई रहेका छन् ।

Kamana Sewa

अजितलाई उनका बुवाले स्थानीयको सहयोगमा तुरुन्त अस्पताल लगेको जानकारी दिइएको छ । ती बालकलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिए पनि चिकित्सकले मृत घोषणा गरेको र यस सम्बन्धमा आवस्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया