• २ असोज २०८३, शुक्रबार
  • ३ः४३ दिउँसो

बालुवाटार जग्गा प्रकरण स् आफ्नै पूर्व(प्रमुखसँग दिनभर बयान लियो अख्तियारले

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार ०९:४६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ । अनुसन्धान अधिकृतको टोलीले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिएको हो । ‘उहाँ बिहान आउनुभएको हो, दिनभर भित्र बसेर बेलुकी फर्कनुभयो,’ अख्तियारको सुरक्षा स्रोतले भन्यो, ‘किन आउनुभयो भनेर सोधखोज हुँदा बयानका लागि भन्ने थाहा भयो ।’

National Life

बस्न्यात निकट एक कानुन व्यवसायीका अनुसार अख्तियारको टोलीले बस्न्यातलाई ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको भन्ने उजुरी छानबिनका क्रममा ‘आयोगमा आइदिन’ अनुरोध गरेको थियो। ती कानुन व्यवसायीले भने, ‘त्यही क्रममा जानुभएको होला ।’
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया