• १ असोज २०८३, बिहीबार
  • ६ः५९ बिहान

पहिरोमा परी एकको मृत्यु, राजमार्ग पूर्ण बन्द

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार ०७:५५

सिद्दार्थ राजमार्गको सिद्धबाबामा पहिरोले बगाएर एक जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका ४ मित्यालका ३० वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो । बुटवल–पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र रामापिथेकसबीचमा माथिबाट खसेको ढुंगासँगैको पहिरोले शनिबार दिउँसो करिब साढे दुई बजे उनलाई बगाएको थियो। उनको शब बेलुका साढे ५ बजेतीर निकालिएको हो।

National Life

उनले चलाएको लु ५० प ४६७१ नम्बरको मोटरसाइकल सडकबाट खोलामा खसेको थियो भने सुनारी भीरमा अड्किएका थिए । सडकमा माथिबाट चट्टान सहितको पहिरो आएकाले सुचारु हुन अझै ३–४ घण्टा लाग्ने दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया