भक्तपुर मिनीबस सेवा समिति ख्वप भक्तपुर मिनीबस यातायात प्रा.लि.मा रुपान्तरित
प्रकाशित मिति
२०७६ असार २९ गते, आईतवार ०७:४७
भक्तपुर, भक्तपुर मिनीबस सेवा समिति अबदेखि बैधानिक रुपमा ख्वप भक्तपुर मिनीबस यातायात प्रा.लि.मा रुपान्तरित भएको छ ।सरकारले यातायात समितिहरुलाई अनिवार्य रुपमा प्रा.लि.मा जानुपर्ने ब्यबस्था गरेपछि २५ बर्षे यात्रा पार गरेको समिति प्रा.लि.मा रुपान्तरित भएको हो । ख्वप भक्तपुर मिनीबस यातायात प्रा.लि.का अध्यक्षमा ब्यबसायी गणेश लोहला सर्वसम्मत रुपमा चयन भएका छन् ।प्रा.लि.को प्रबन्धकमा रामकाजी भुजु चयन भएका छन् । यसैगरी प्रा.लि.को संचालक समिति सदस्यमा बलराम त्वायनाबासु,ज्ञानेन्द्र महर्जन,दिनेश प्रधान,राजन कसलवट,राजुभाई लोहला,प्रकाश बस्नेत,धन त्यात,प्रमोद त्वायनाबासु र उमेश प्रधान रहनुभएको छ ।

शनिबार भक्तपुर मिनीबस सेवा समितिको २५ औं तथा अन्तिम साधारणसभा तथा रुपान्तरित समारोहको उद्घाटन समारोहमा बोल्दै नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका पदाधिकारी लगायत यातायात क्षेत्रका अगुवाहरुले अहिलेकै ऐन अनुसार यो क्षेत्र चल्न नसक्ने बताउनुभयो ।
सरकारले ब्यबसायीलाई भ्याटमा जान अनिवार्य नगरे पनि दर्ताका लागि ब्लु बुक अनिवार्य गरेको प्रति उनीहरुले अधिकांश ब्यबसायी ऋणमा रहेको भन्दै आपत्ति जनाएका छन् ।
महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले समिति प्रा.लि.मा रुपान्तरित हुनु यस क्षेत्रका लागि चुनौति र अवसर दुबै रहेको बताउनुभयो ।उहाँले अहिलेकै ऐन अनुसार यो क्षेत्र चल्न नसक्ने बताउँदै सहजिकरणका लागि ब्यबसायी समेतको सहभागितामा सरकारले समिति बनाएको उल्लेख गर्नुभयो ।समितिले बिमा,संचालन विधी र ब्यबस्थित रुपान्तरणको उपाय खोज्ने बताउनुभयो ।
यातायात ब्यबसायी नयाँ कार्यबिधीको पर्खाइमा रहेको बताउँदै उहाँले प्रा.लि.हरुले आर्थिक पारदर्शितामा जोड दिनुपर्ने र प्रा.लि.मा ब्यबसायीलाई शेयर सदस्य बनाई सुबिधा दिलाउनुपर्ने चुनौति रहेको बताउनुभयो ।

सरकारले समितिको बैंक खाता रोक्ने र सम्पति राष्ट्रियकरण गर्ने निर्णय गरे पनि ब्यबसायीको चौतर्फी आन्दोलनका कारण त्यो स्वत प्रा.लि.मा लान सफल भएको बताउनुभयो ।
उहाँले यातायात ब्यबसायीलाई रुटलाई फराकिलो गर्दै ग्रामीण क्षेत्रमा सेवा दिने पहलमा पछि नहट्न र यात्रुलाई सुबिधा दिन कन्जुस्याईं नगर्न ब्यबसायीलाई आग्रह गर्नुभयो ।
महासंघका बरिष्ठ उपाध्यक्ष बिजय बहादुर स्वाँरले लोकतन्त्रमा पनि सरकारले ब्यबसायीलाई ब्यबसायको मर्म बिपरीत आदेश दिन थाल्नु दुखद भएको बताउनुभयो ।
उहाँले ब्यबसायीलाई पनि बिधी र प्रबिधी प्रयोग गर्दै जनमुखी सेवा दिन आग्रह गर्दै अब प्रा.लि.मा रुपान्तरित भएसँगै सोचमा समेत रुपान्तरण गर्नु पर्नेमा जोड दिनुभयो ।
महासंघका बरिष्ठ उपाध्यक्ष दिपक अधिकारी र हरिशरण केसीले अहिलेकै ऐन अनुसार यो क्षेत्र चल्न नसक्ने बताउँदै सहजिकरणका लागि बिमा,संचालन विधी र ब्यबस्थित रुपान्तरणको उपाय खोज्नु पर्ने बताउनुभयो ।
महासंघका महासचिब पुण्यप्रसाद सिटौलाले महासंघ १५ महिना अघिदेलि चौतर्फी आन्दोलनमा होमिएको बताउँदै ब्यबसायीको भलाईका लागि लडिरहेको बताउनुभयो ।महासंघको सहमति अनुसार नै देशभरका समिति प्रा.लि.मा रुपान्तरित हुँदै गरेको बताउँदै उहाँले नयाँ कार्यबिधी बनाएर त्यस मार्फत प्रा.लि.मा जाँदाका अप्ठ्यारा फुकाउँदै जाने बताउनुभयो ।

कार्यक्रममा महासंघका ३ नं.प्रदेश संयोजक राजेन्द्र रिमाल,कोटेश्वर पुर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वायनाबासु,नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी ,महासंघ जिल्ला समन्वय समिति भक्तपुरका संयोजक रामकाजी भुजु , जिल्ला समन्वय समिति काभ्रेका संयोजक राजेश कुमार श्रेष्ठ, रुपान्तरित ख्वप भक्तपुर मिनीबस यातायात प्रा.लि.का अध्यक्ष गणेश लोहला,भक्तपुर ट्रक ब्यबसायी संघका अध्यक्ष लक्ष्मी गोरा, मिनीबस सेवा समितिका कानुनी सल्लाहकार किरण न्यौपाने तथा समितिका सचिब प्रकाश बस्नेत लगायतले रुपान्तरित ख्वप भक्तपुर मिनीबस यातायात प्रा.लि.ले यात्रु मैत्री सेवालाई केन्द्र बिन्दुमा राख्दै प्रा.लि,ब्यबसायी तथा कर्मचारी र कामदारको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।






प्रतिकृया