• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

आज तीनवटा प्रदेशमा आकस्मिक बाढीको सम्भावना

प्रकाशित मिति

२०७६ असार २५ गते, बुधबार १०:१७

काठमाडौं । आज बुधबार प्रदेश एक, दुई र तीनका अधिकांश जिल्ला भएर बग्ने साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि र पर्सि पनि प्रदेश एक, दुई र तीन, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूर पश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरुमा बाढीको उच्च सम्भावना रहेको र पूर्व तयारीमा जुट्न पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।

उता जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशको अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रहेको र काठमाडौं उपत्यका लगायतका देशका धेरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया