• ४ साउन २०८३, सोमबार
  • ८:११ बेलुका

स्वास्थ्य परीक्षण प्रयोजनको नतिजाबारे निवेदन दिने समय आज सकिँदै

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार १०:३३

काठमाडौं ः  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि निकालेको नतिजाबारे कुनै गुनासो÷उजुरी भए सो बारे लिखित निवेदन दिने समय मंगलबार (आज) सकिँदैछ ।
मन्त्रालय सुत्रका अनुसार सोमबार साँझसम्म यस्ता गुनासो आउने क्रम भने जरी नै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्री गोकर्ण विष्टले सोमबार संघीय संसदको राष्ट्रिय सभा बैठकमा बोल्दै यो प्रक्रिया टंगिएपछि मलेसियाको रोजगारी सुचारु हुने बताएका थिए । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न यसअघि ३७ वटा मात्र स्वास्थ्य संस्थाले मान्यता पाएका थिए । यसैलाई सिन्डिकेट भनिएको थियो । यस्तो स्वास्थ्य संस्थालाई ९९ पु¥याएर मन्त्री विष्टले सिन्डिकेट तोडिदिएका छन् । विष्टको राष्ट्रिय सभाको कथन अनुसार ९९ स्वास्थ्य संस्थामा अझ केही थपिने आंकलन गरिएको छ । मन्त्री विष्टले त्यस्तो स्वास्थ्य संस्थाको सिन्डिकेट मात्र तोडेका हुन् की ‘केही दिन भित्रै’ मलेसिया रोजगारी पनि खुलाउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिकृया