• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

नेपाली सेनाद्धारा निर्माण खानेपानी ट्यांकी र सत्तल हस्तान्तरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०८:३९

भक्तपुर, सूर्य्विनायक नगरपालिका ९ पलासे पञ्चकन्या मन्दिर परिषरमा नेपाली सेनाको बीर दल गण सूर्य्विनायकले निर्माण गरेको खानेपानी ट्याङ्की र सत्तल हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हिजो बीर दल गण सूर्य्विनायकले आयोजना गरेको नवनिर्मित पाँच हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल नेपाली सेनाको उपत्यका पृतनापति निरञ्जन कुमार श्रेष्ठ र प्रतिनिधीसभाको सांसद महेश बस्नेतले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा सांसद बस्नेतले सूर्य्विनायकलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आन्तरिक एवं बाह्य पर्यटनको आकर्षणको रुपमा लैजाने बताउनुभयो । उहाँले आफू मन्त्रि हुँदा पहिलो महिनाको तलब दिएर निर्माण सुरु भएको पञ्चकन्या मन्दिर परिषद्मा अहिले नेपाली सेनाले पानी ट्यांकी र सत्तल निर्माण गरेर हस्तान्तरण गर्नु गर्वको कुरा भएको बताउनुभयो ।


आउँदो आ.व.मा यस क्षेत्रमा सांसद कोषको ३५ लाख बजेट दिने घोषणा गर्दै उहाँले वडा कार्यालयको व्यबस्थापनमा काम गर्न सुझाब दिनुभयो । कार्यक्रममा पृतनापति निरञ्जन कुमार श्रेष्ठले नेपाली सेनाले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै स्थानीयसँग हातेमालो गर्दै अगाडि बढेको बताउनुभयो । कार्यक्रममा बीर दल गणका गणपति एवं कर्णेल शिव पौडेलले मन्दिरमा मात्रै नभई खानेपानीको अभाव रहेको पलासेको स्थानीय बासिन्दालाई समेत खानेपानी वितरणमा सहज हुने गरि पाँच हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिएको बताउनुभयो ।

Kamana Sewa


करिब ६ लाखको लागत अनुमान गरिएको उक्त संरचनाका लागि नेपाली सेनाको छिटो सम्पादन गर्ने योजना अन्तर्गतको १ लाख ५० हजार रुपैयाको बजेट, बीर दल गणको रु. ६० हजारको लागत, वडा कार्यालयको सहयोग र नेपाली सेनाको श्रमदानमा पानी ट्यांकी र सत्तल निर्माण गरिएको बताउनुभयो । कार्यक्रममा वडा नं. ९ का वडाअध्यक्ष उपेन्द्र केसीले विकास निर्माण्मा नेपाली सेनाको सहयोग पाउनु खुसीको विषय भएको बताउदै नेपाली सेनासंग आगामी दिनमा पनि सहकार्य गरेर जाने बताउनुभयो ।

Classic Tech Desktop

 

प्रतिकृया