• ५ साउन २०८३, मंगलबार
  • ८:३३ बिहान

जनताको साथ पाए सार्वजनिक जग्गा फिर्ता ल्याउने जिम्मा लिने सांसद बस्नेतको भनाई

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०८:५६

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताको साथ र सहयोग भएका भू–माफियाले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने जिम्मा लिनुभएको छ । चाँगुनारायण नगरपालिकाको पाँचौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै संसद बस्नेतले बोडको कमलपोखरी तथा दक्षिण बाराहीको २२ रोपनी जग्गालाई सार्वजनिक बनाउने न्यायलयले विशेष सहयोग कै कारण व्यक्तिको नामबाट सार्वजनिक नै बनाउन सफल भएको बताउँदै उहाँले विगतमा राज्यको स्रोत साधनलाई दुरुपयोग गरी हनुमन्ते नदीको करिव ६४ रोपनी र मनोहरा नदीको करिव ५४ रोपनी जग्गा, स्वरस्वतीखेलको बसपार्क क्षेत्रको जग्गा व्यक्तिको नाममा गएको जसलाई इमान्दारीताका साथ फिर्ता गर्नुपर्ने बताउनु भयो ।
भक्तपुरमा उद्घाटन भन्दा शिलान्यास बढी भएको भन्ने गरिएको अनावश्यक हल्लाका बारेमा सांसद बस्ेनतले भन्नुभयो, ‘भक्तपुरको विकास प्रचारमूखी नभई भ्रम चिर्ने कार्य गरेनौं । सुवर्णेस्वर तीनधारा सडकमा स्थानीयवासीले सडक निर्माण गर्न जग्गा उपलब्ध गराएको साथै स्थानीयवासीको साथ र सहयोगकै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सडक निर्माण कार्य भइरहेको छ । विगतमा शिलान्यास नभएको र अहिले शिलान्यास धमाधम भएको बताउँदै सांसद बस्नेतले आगामी वर्ष उद्घाटनको वर्षको रुपमा मनाउने समेत बताउनुभयो । उहाँले भक्तपुरको विकास र समृद्धि तिव्र गतिमा दैडिएको बताउँदै विकास र समृद्धिको बाटोमा भक्तपुर नमुना भएको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाप्रति कतिपय भ्रम फिजाउन खोजीएका कुराहरु अनावश्यक रहेको बताउँदै सांसद बस्नेतले प्रतिपक्षी दलले समेत चाँगुनारायण नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको समर्थन जनाएका कारण चाँगुनारायण नगरपालिकाले उत्कृष्ट काम गरेको प्रमाणीत भएको बताउनुभयो ।
सांसदहरुको काम कानुन निर्माणको निर्माता मात्र होइन विकासका पहलकर्ता पनि भएको बताउँदै उहाँले भक्तपुरका जनताले आफुले गरेको कामलाई प्रशंसा गरिरहेको र आगामी दिनमा अझ बढी जनमूखी काम गर्ने साथै भक्तपुरमा संघिय सरकारको बजेट अत्याधिक मात्रामा पार्न विशेष भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । अघिल्लो वर्ष गौरव गर्न लायकको योजनामा चाँगुनारायण नगरपालिकामा स्मार्ट सिटी बनाउन डिपीआरको प्रकृया अघि बढाएको र यो वर्ष सम्पन्न हुने जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले चाँगुनारायणमा करिव ७ सय रोपनी भन्दा बढी जग्गामा आधुनीक वीर अस्पताल बन्ने प्रकृयामा रहेको जसको लागि ४० करोड भन्दा वढी रकम विनियोजन भएको जानकारी गराउनुभयो । मनोहरा करिडोर बहुवर्षिय आयोजनामा पार्न सफल भएको र न्युनतम प्रत्येक वर्ष १ अर्व रकम छुट्याउने जानकारी गराउँदै उहाँले चाँगुनारायण नगरपालिका विश्वसम्पदा सूचीमा सुचिकृत भएकाले चाँगुनारायणको सम्पदा संरक्षण र विकासको निम्ती नेपाल सरकारले डेढ अर्व, भक्तपुर नगरापालिकामा डेढ अर्व, सूर्य्विनायक र मध्यपुरमा एक एक अर्व रुपैंया विनियोजन भएको गरेको जानकारी गराउनुभयो ।

सरकार विकास र समृद्धिको तिव्र गतिमा अघि बढिरहेको बताउँदै सांसद बस्नेतले नेपाल सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक एक वटा रणनैतिक सडकहरु बनाउने घोषणा गरेको जसमा चाँगुनारायण नगरपालिकामा च्याम्हासिङबाट नाला, सल्लाघारी हुँदै बनेपा जाने सडकलाई रणनैतिक सडकको रुपमा घोषणा गर्ने तयारीमा रहेको र उक्त सडक अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा अघि बढ्ने, नेपाल सरकारले चारवटा ठूला ठूला सडकहरु निर्माण गर्ने कार्य शुरु गरिसकेको जसमा खरिपाटीबाट नगरकोट जाने सडक (हरी गुरु सडक) जसको लागि ९ करोड रुपैंया विनियोजन भएको जसबाट दुई किलोमिटर सडक कालोपत्रे भईसक्ने, पेप्सीकोला देखी तेलकोटसम्मको सडक निर्माणको लागि ४८ करोड, ओसरपुरबाट सुडाल जाने सडक निर्माणको लागि २४ करोड, वागेश्वरी अस्पताल हुँदै सुडाल जाने सडकमा १९ करोड बजेट विनियोजन भएको जानकारी गराउनुभयो । उपत्यका विकास प्राधिकरणले भक्तपुरमा यस वर्ष ४१ करोड बजेट विनियोजन गरेको जसमा ३० करोड नियमित बजेट रहेको छ भने बाँकी ११ करोड काठमाडौँ तथा ललितपुरमा काम हुन नसकेको बजेट भक्तपुरमा आएको जानकारी गराउँदै उहाँले अघिल्लो वर्ष चाँगुनारायणमा आठ वटा ठूला सडकहरु ल्याउने सफल भएकोमा १ अर्व ३१ करोड बजेट रहेको जुन इतिहासमा नै सवैभन्दा बढी रहेको बताउनुभयो । उहाँले सूर्य्विनायकमा १ अर्व ६ करोडमात्र बजेट ल्याउन सफल भएको समेत जानकारी गराउनुभयो ।

Kamana Sewa

भक्तपुरमा यो वर्ष भौतिक मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय लगायतबाट पर्याप्त मात्रामा बजेट छुट्याउन सफल भएको बताउँदै उहाँले यो वर्ष भक्तपुरमा भौतिक मन्त्रालयको तर्फकाट मात्र २९ वटा सडकहरु, सहरी विकास मन्त्रालयबाट १६ वटा सडकहरु रेडबुकमा पार्न सफल भएको बताउनुभयो । चाँगुनारायण नगरपालिकामा अघिल्लो वर्षका चारवटा सडकहरुले निरन्तरता पाएको साथै थप तीन वटा सडक डिपीआरको प्रकृयामा रहेको बताउँदै उहाँले विकासको १० लाखको डिपीआर बनाए लागि १० करोड बजेट ल्याउन सकिने बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्र, पार्क, पोखरी लगायतका निर्माण गर्ने कार्यमा संघिय सरकारको तर्फबाट आवश्यक सहयोग तथा बजेटको व्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Classic Tech Desktop

प्रतिकृया