• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

एघरा महीनाको अवधिमा सवारी दुर्घटनामा ७९ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार २३ गते, सोमबार ११:४४

सिरहा, सिरहा जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महीनाको अवधिमा पुरुष ६४, महिला १० र बालबालिका पाँच गरी जम्मा ७९ ले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहा जनाएको छ ।

चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उल्लङ्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमताभन्दा बढी यात्रु बोक्ने, साँघुरो सडक, सवारी चालक अनुमतिपत्रविना सवारी चलाउनु सवारी दुर्घटनाको प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका ट्राफिक प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।

Kamana Sewa

जिल्लामा ट्राफिक जनशक्ति अपुग भएर सबै ठाउँमा ट्राफिकपोष्ट नभए पनि ‘सरप्राइज’ चेकिङ, जेब्राक्रसिङ निर्माण, सवारी चालकको स्वास्थ परीक्षण, विद्यालय सम्र्पक कार्यक्रम, सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनीकरणका लागि लगातार प्रयास गरिरहेको ट्राफिक प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

Classic Tech Desktop

ट्राफिक नियमको उल्लङ्घन गरी चलाएको बस, ट्रक, कार, जिप, ट्र्याक्टर, मोटरसाइकल तथा अन्य सवारीसाधनलाई कारवाही गर्दा आर्थिक वर्ष २०७५/७६ मा रु एक करोड ५० लाख ६१ हजार जरिवानावापत राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय लहानका ट्राफिक प्रहरी नायब निरीक्षक मनोजकुमार चौधरीले बताउनुभयो । गत आर्थिक वर्ष २०७४/७५ मा रु एक करोड ९८ लाख ८९ हजार विभिन्न सवारीसाधनलाई कारवाही गर्दा राजश्व सङ्कलन भएको थियो । जिल्लामा सदरमुकाम सिरहा, बन्दीपुर, मिर्चैया, गोलबजार, धनगढी, ठाडी र सुखीपुर गरी नौ स्थानमा ट्राफिक प्रहरी चेकपोष्ट कायम गरी ट्राफिक जाँच हुँदै आएको छ । रासस

प्रतिकृया