• ४ साउन २०८३, सोमबार
  • ७:३५ बेलुका

कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु ,दुई घाइते

प्रकाशित मिति

२०७६ असार १९ गते, बिहीबार १०:५९

को बुटवल उपमहानगरपालिका-२ पाखापानीमा कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको भने दुई जना घाइते भएका छन् ।

आज बिहान लु १ च १५८८ नम्बरको कार र लु ३६ प ४३१४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा सैनामैना नगरपालिका-४ शान्ति टोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको हो भने सोही ठाउका २२ वर्षीय सन्जय पटेल र २६ वर्षीय विक्रम थारु घाइते भएका हुन् ।

Kamana Sewa

घाइतेहरुको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भईरहेको र ठक्कर दिने कार र कार चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया