चलचित्र विकास कम्पनीको जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने बाँस्कोटाको भनाई
प्रकाशित मिति
२०७६ असार १७ गते, मंगलवार ०७:०२
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने बताउनु भएको छ । चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार हिजो राजधानीमा आयोजित कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा उहाले कम्पनीको नाममा रहेको २७ रोपनी जग्गा खोइ भनेर प्रश्न गर्दै चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले दिएको जग्गा व्यक्तिले मोजमस्ती गरेर उडाउने, अनि मन्त्री बोल्दा तानाशाही भयो भन्न नपाइने बताउनु भयो ।
मन्त्री बाँस्कोटाले जग्गा खानेलाई पहिले अगाडि ल्याउने अनि स्टुडियो बनाउने बताउनु भयो । उहाले राष्ट्रिय चलचित्र नीति ०७१ पारित गर्ने प्रतिवद्धता समेत जनाउनुदै चलचित्रकर्मीलाई यो बिषयमा छलफल गर्न आउन आग्रह गर्नुभयो ।






प्रतिकृया