मतपत्र च्यातेका २ जनालाई जनही एक लाख रुपैयाँ जरिबाना
प्रकाशित मिति
२०७६ असार १७ गते, मंगलवार ०६:४०
The building of the District Court Chitwan in Bharatpur on Friday. Cases related to divorce have been increasing every year. Photo:THT
चितवनः भरतपुर महानगरपालिकामा चुनावपछि मतगणनाको समयमा मतपत्र च्यातेका दुई जनालाई जरिवाना हुने भएको छ । निर्वाचन कसुर सम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले आरोप लागेका २ जनालाई जनही एक लाख रुपैयाँ जरिबाना हुने फैसला २ वर्षपछि गरेको हो ।
मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जबरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिबाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेकोमा उनीहरुलाई जनही १ लाख जरिबाना तोकिएको चितवन अदालतले जनाएको छ । मत पत्र च्यात्ने काममा संलग्न भएको आरोप लागेका तत्कालीन माओवादी केन्द्रका प्रतिनिधि भरतपुर १ का मधुकर न्यौपाने र भरतपुर महानगर ११ का द्रोणबाबु सिवाकोटीविरुद्ध मुद्दा दर्ता भएको थियो ।





प्रतिकृया