• ५ साउन २०८३, मंगलबार
  • ८:५० बिहान

अल्फाले गर्यो इपिएस उत्तीर्ण विद्यार्थीहरुलाई मार्ग्निर्देशन तथा बधाइ कार्यक्रम

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०९:०४

भक्तपुर । इपिएस कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई मार्ग्निर्देशन तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर रफत सञ्चार क्लवमा आयोजित मार्ग्निर्देशन कार्यक्रममा अल्फा कोरियन तथा जापानिज भाषा स्कुलले इपिएस कोरियन भाषामा उत्तीर्ण हुन सफल विद्यार्थीलाई मार्ग निर्देशन तथा बधाइ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपालका लागि इपिएस प्रतिनिधि तथा विश्व भाषा क्याम्पस प्रमुख एवं कोरियन भाषाविज्ञ थानेश्वर बञ्जाडेले भाषा सिकाईमा सफलता हाँसिल गर्ने विद्यार्थीहरुलाई कोरियाका विषयमा मार्ग निर्देशन र विविध विषयमा जानकारी प्रदान गर्नुभयो ।
उहाले कुनै पनि क्षेत्रमा विज्ञता हासिल गर्न लगनशिल भएर लाग्नु पर्ने र कोरियन भाषामा समेत यसको लागू हुने भएकाले विद्यार्थीहरुले यस तर्फ समेत लगनशिल भएर लाग्नु पर्नेमा जोड दिनु दिनुभयो । रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले देशमा सरकारले रोजगारको अवस्था सिर्जना गर्न नसक्दा दक्ष युवा युवती विदेशीनु परेको बताउनु भयो । उहाले विदेश गएर सिकेको सिप आफ्नो देशमा आएर लागू गर्न सफलता मिल्न सकोस् भन्ने समेत कामना गर्नभयो । रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापाले इपिएसमा उत्तीर्ण विद्यार्थीहरुले कोरियामा गएर सिकेको सिपलाई नेपालमा आएर ब्यवहारमा लागू गर्न सके नेपालका लागि समेत हितकर हुन बताउनु भयो । उहाले नेपालमा विदेशी कामदार भित्र्याउनु पर्ने समयको मागमा नेपाली दक्ष युवा शक्ति विदेशिनु दुःखद् बिषय भएको बताउनु भयो ।
अल्फा कोरियन भाषाका प्रशिक्षक उमेश श्रेष्ठ, अर्जुन कुमार बस्नेत, ढाल बहादुर खड्का, लक्ष्मी खड्का लगायतले कोरियन भाषामा सफलता हासिल गरेका विद्यार्थीहरुलाई शुभकामना बधाइ दिएका थिए । उनीहरुले नेपाली युवा शक्ति विदेशमा गएर आएपछि नेपाली आर्थिक रुपान्तरणमा मद्दत पुग्नुका साथै नयाँ ज्ञानले समेत रोजगारीको अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए । अल्फा कोरियन भाषाका संस्थापक राजेन्द्र कुमार मोक्ताङले भक्तपुरमा खोलिएको यो भाषा स्कुलले दक्ष विद्यार्थी उत्पादनमा उल्लेख्य सफल भूमिका निर्वाह गर्न सकेको बताउनु भयो । उहाले अझै कसरी सफल विद्यार्थी उत्पादन गर्न सकिन्छ भन्ने तर्फ आफ्नो संस्था लागि परेको बताउनु भयो ।

प्रतिकृया