• ३१ भदौ २०८३, बुधबार
  • ९ः४८ राती

राजनीतिमा पनि सफाई जरुरी रहेको महराको भनाई

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०८:३७

हनुमन्ते नदि सफाइ अभियानको ७० औ हप्ताको कार्यक्रमका सम्पन्न भएको छ । हनुमन्ते नदि सफाई अभियान, सुर्यविनायक नगरपालिका र दक्षिण बाराही उधान सामुदायिक बन उपोभोक्ता समुहको संयुक्त आयोजनामा भएको कार्यक्रमको मुल नारा ‘उठौं, जागौं हनुमन्ते नदि सफा गर्न सबै लागौं’ भन्ने रहेको थीयो । सोही अवसरमा भक्तपुरको थिमी शंखधर चोक देखि सूर्य्विनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वन सम्म सरसफाई गरि सोहि बनमा बृक्षारोपन गरिएको हो । सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हनुमन्ते नदि सफाइ अभियानका उत्प्रेरक रुद्र पौडेलले बताउनु भयो । कार्यक्रममा बोल्दै सभामुख महराले ‘सडक र नदीमात्रै सफाइ गरेर नहुने भन्दै देशको राजनीतिमा पनि प्रदूषण रहेकाले राजनीतिक सफाइ जरुरी रहेको बताउनु भयो । देशमा माफिया सक्रिय रहेकामा चिन्ता व्यक्त गर्दै उनले माफियाले देशै हडप्न खोजेका समेत बताए ।

National Life


उहाले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै भक्तपुरमा संचालित हनुमन्ते नदि सफाइ अभियानको सफलताको कामना गर्दै ,भक्तपुरले महेश बस्नेत जस्तो जुझारु नेता पाएकोले महेश बस्नेतलाई सहयोग र साथ दिएर समृद्ध भक्तपुर बनाउने उनको उद्देश्य पुरा गर्न सघाउनु सबैमा अनुरोध समेत गरेका थियो ।
कार्यक्रमका बिशेष अतिथि तथा हनुमन्ते नदि सफाइ अभियानका प्रमुख सल्लाहाकार प्रतिनिधि सदस्य महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्ष्भित्र देशकै नमूना जिल्ला बनाइने बताउनु भयो । प्रत्येक सामुदायिक वनमा कम्तीमा एक पोखरी निर्माण , सडक बालबालिकामुक्त जिल्ला , जाममुक्त, उज्यालो भक्तपुर बनाउने कुरा आपनो संकल्प पुरा गरेरै छाड्ने बताउँदै सांसद बस्नेतले भने “देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा भक्तपुरलाई विकास गर्नै छौ “ ।
कार्यक्रममा सूर्य्विनायक नगरपालिकाका प्रमुख एवं हनुमन्ते सफाइ अभियानका संयोजक वासुदेव थापाले प्रमुख अतिथि सभामुख कृष्णबहादुर महरालाई सफाइ अभियानका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।


वृक्षारोपण कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नबराज गेलाल, उप प्रमुख सरिता कुँवर, सूर्य्विनायक नगरपालिकाका प्रमुख एवं हनुमन्ते सफाइ अभियानका संयोजक वासुदेव थापा, प्रदेश सांसद शशीजङ्ग थापा, प्रतिभा श्रेष्ठ, चांगुनारायण नगरपालिका प्रमुख सोम मिश्र, सफाई अभियानका सह–संयोजक एवम् सूर्य्विनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधीकर्मी , सुर्य्बिनायक नगरपालिका सफाईदूत एवम् वरिष्ठ निर्देशक मदन घिमिरे, नेपाल रेडक्रस, जीबन बिज्ञान, वेभ ग्रुप, नेप्सेम्याक, पातञ्जल नेपाल, नेपाल फुलबारीका प्रतिनिधिहरु, बिभिन्न संघ संस्थालगायत स्थानीयबासी र सञ्चारकर्मीहरु सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, बिभिन्न सामाजिक संस्था, राजनीति दलका कार्यकर्तालगायतको पनि उत्साहजनक सहभागिता रहेको भने नवराज काफ्लेले कार्यक्रम सन्चालन गर्नु भएको थीयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

फोटो फिचर

प्रतिकृया