• ३१ भदौ २०८३, बुधबार
  • ९ः१३ राती

काठमाडौं मास्कमुक्त भएको प्रधानमन्त्री ओलीको दाबी

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०७:१७

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं मास्कमुक्त भएको दाबी गर्नु भएको छ । उहाले आफु स्वयं प्रधानमन्त्री हुँदा काठमाडौंका आधा जनसंख्या मास्क लगाएर हिँड्ने गरेको तर अहिले कसैले मास्क नलगाएको बताउनु भएको छ । शनिबार हिजो मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौंमा हिँड्दा मास्क लगाउनु आवश्यक नभएको बताएका छन् । काठमाडौंका सडकमा उल्लेख्य स्तरोन्नति भएको पनि उहाले बताउनु भएको छ ।

National Life

उहाले यसवर्ष इतिहासमै उल्ल्ेख्य काम भएको र यो वर्षमात्रै सात सयवटा झोलुङ्गे पुल बनेको उहाले बताउनुभयो । ओलीले समाजवादमा पुग्ने लक्ष्यसहितको सिद्धान्त नै नेकपाको मार्ग्निर्देशक सिद्धान्त भएको बताउनुभयो हो । हाल जनताको जनवादमा सहमति गरेको, त्यो नै मार्ग्निर्देशक सिद्धान्त हुने उहाले बताउनुभयो ।

प्रतिकृया