• २१ भदौ २०८३, आइतबार
  • १ः३४ दिउँसो

गृह मन्त्रालयका गाडी प्रहरीको कारबाहीमा

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ०७:३०

गृह मन्त्रालयका सहसचिव र उपसचिव चढ्ने दुई वटा गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी टोलीले गाडीलाई कारबाही गरेको हो । महाशाखाका अनुसार बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको गाडीलाई कारबाही गरिएको हो । गाडी सिंहदरबारस्थित पूर्वी गेटनजिकै सडकमा पार्किङ गरी राखिएको थियो । सम्पर्कमा आएका चालकको सवारी चालक अनुमति पत्र प्रहरीले लिएको छ ।

National Life

नयाँ पत्रिकाबाट साभार

प्रतिकृया