• २२ भदौ २०८३, सोमबार
  • १२ः५४ राती

सिलिन्डर विष्फोटमा संलग्न रहेकाे आशंकामा १६ वर्षीय बालक गिरफ्तार

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०४:५१

सल्यानमा कक्षा ९ मा पढ्ने १६ वर्षीय पुष्कर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

असार ९ गते सोमबार राति सल्यानको कुमाख गाउँपालिका-६, वडागाउँमा सिलिन्डर विष्फोट भएको थियो । उक्त सिलिन्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनार जनकल्याण मावि वडागाउँमा कक्षा ९ मा पढ्दै आएका छन् ।

कुमाख गाउँपालिका-६, वडागाउँका १६ वर्षीय पुष्कर सुनारलाई बुधबार बिहान पक्राउ गरेको हो । उनलाई सोधपुछका क्रममा २४ घण्टाका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले बताए ।

Classic Tech Desktop

प्रतिकृया