• ४ भदौ २०८३, शुक्रबार
  • ८:५४ बिहान

फिगरमा फिट अदिति बुढाथोकी (फोटो फिचर)

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ११:०९

अभिनेत्री अदिती बुढाथोकी अहिले भारतमा छिन् । भारतको मुम्बइमा बसेकी अदिती बलिउडलाई टार्गेट बनाउँदैछिन् । भारतमा मोडलिङ क्षेत्रमा जमिरहेकी नेपाली नायिका अदिती बुढाथोकीले कृ फिल्मबाट नेपाली फिल्म नगरीमा डेब्यु गरिन् । डेब्युपछि लामो समय भईसकेको छ उनको दोस्रो फिल्मको कुनै चाँजोबाजो छैन ।

Kamana Sewa

फिल्ममा उनको अभिनय भन्दा बढि रुपैको चर्चा भयो । नेपाली फिल्म नै आफनो प्राथमिकतामा रहेको बताउँदै आएकी अदिती मोडलिङ करियरसंगै बलिउडमा जम्ने प्रयास भने उनको निरन्तर छ ।

Classic Tech Desktop

नेपाली पर्दामा आउँनु अघि नै केही भारतीय गीतहरुको भिडियोमा अभिनय गरिसकेकी उनले भारतीय मिडियामा पनि नेपाली सुन्दरी नायिकाको रुपमा चर्चा बटुलिसकेकी छिन् । केही समय अघी उनले अभिनय गरेको हिन्दी (पञ्जाबी) गीत सार्वजनिक भएको थियो ।

 

पञ्जाबी गायक चेतनले गाएको “उम्मिद” बोलको गीतमा अदितीको अभिनय रहेको थियो। हुन त यसअघि पनि उनले मिलिन्दसंग अन्य केही गायकहरुको भिडियोमा पनि काम गरिसकेकीछिन् ।

मिलिन्द गावाको आवाज रहेको ‘मे तेरा हो गया’ मा गायक गावासँगै अदितीको अभिनय रहेको थियो।नेपाली फिल्म नचल्दा अमेरिका भासिने कलाकारको सूची लामो छ । तर, अदिती नेपाली फिल्ममा नचले पनि उनी बलिउडमा केही गर्छु भनेर लागेकी छिन् । उनले सफलता पाउलिन् या नपाउलिन्, चाडै नै थाहा हुनेछ । अदितीले आफूलाई अभिनयमा पोक्त बनाउन विभिन्न खालको अध्ययन गरेकी पनि छिन् । तर, नेपाली फिल्म खेलेजस्तो सहज बलिउडमा छैन ।

तर, मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकी अदितीले नेपालमै गरिरहेको एउटा काम छाडेकी छैनन् । नेपालमा हुँदा पनि ताता तस्बिर खिचाउने उनको तरिका थियो । मुम्बइमा पनि उनी ताता तस्बिर खिचाउँनमा नै व्यस्त छिन् ।

सामाजिक संजालतिर उनले राख्ने तस्बिर ताता छन् । जसले उनलाई फ्यानमाझ नजिक त बनाएको होला । तर, यस्तै हट फोटो खिचेर मात्र बस्ने हो कि बलिउड फिल्म पनि खेल्ने हो अदिती जी ? ताता फोटोले त करिअरलाई सधै जोगाउदैन होला ?

नेपालमा कम भारतमा बढि बस्दै आएकी अदिती आफनो इन्टाग्रामका हट तस्बिरको कारण पनि नेपालमा बेला बेला चर्चामा आउँने गर्छिन् । अदितीलाई फिल्ममा पनि हिट हुन आवश्यक छ । फिल्ममा पनि उनी खुलिन् भने बाहिर खुलेको अर्थ राख्छ ।सल्लेरी खबर

प्रतिकृया