• ४ भदौ २०८३, शुक्रबार
  • ९:३९ बिहान

मर्निङवाक हिँडेरहेकी महिलाको सुनको सिक्री लुट्ने २ युवक पक्राउ

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ११:५१

मर्निङवाक हिँडेरहेकी एक महिलाको सुनको सिक्री लुट्ने २ युवक पक्राउ परेका छन् ।
बिहान साढेपाँच बजे मर्निङवाक गर्दै मेरिगोल्ड स्कुल नजिकै पुग्दा उनीहरुले पछाडिबाट धक्का दिएर सुनको सिक्री लुटेपछि गौतम चिच्याउँदै लुटेराको पछि दौडेकी थिइन् ।

उनीहरुले मर्निङवाक हिँडेरहेकी धरान–१५ श्यामचोक बस्ने ४० वर्षीय कमला गौतमले घाँटीमा लगाएको अढाइतोलाको सुनको सिक्री लुटेर भाग्ने प्रयास गरेका थिए ।
पक्राउ पर्नेहरुमा तेह्रथुम आङ्दिम–३ घर भई हाल धरान–३ बस्दैआएका २० वर्षीय रामकुमार दर्लामी र धरान ३ बस्ने १८ वर्षीय विनोद राई रहेका छन् ।

Kamana Sewa

उनको पछि अरु पनि मर्निङवाक गर्दै हिडिरहेकाहरुले करिब पाचसय मिटरसम्म खेदाएर राई र दर्लामीलाई समातेर प्रहरीलाई बुझाएको प्रत्यक्षदर्शीहरुले बताए ।

Classic Tech Desktop

उनीहरुको साथबाट गौतमको सुनको सिक्री र दुईथान मोबाइल बरामद गरेको छ । प्रहरीले दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ती युवकहरुलाई मंगलबार बिहान स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

प्रतिकृया