वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङले जिम्मेवारी छोडे
प्रकाशित मिति
२०७६ असार ८ गते, आईतवार ०२:३६
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले शनिबारबाट अध्यक्षको जिम्मेवारी छोडेका छन् । आगामी असार २७ गते संघको साधारणसभा र निर्वाचनको मिति तोकिएको सन्दर्भमा शनिबार अवेर सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै उनले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रथम उपाध्यक्ष राम प्रसाद भान्तनालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर विदा भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्– ‘दुई वर्ष नेतृत्वमा रहँदा म र मेरो कार्यसमितिलाई साथ र सहयोग गर्नु हुने विभिन्न राजनीतिक पार्टिका आदरणीय नेताज्युहरु, रास्ट्रसेवक कर्मचारीज्युहरु, व्यवसायी साथीहरू र पत्रकारमित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । बाँकी २१ दिन कार्यकाल रहेको आजबाट प्रथम उपाध्यक्षलाई कार्यबाहक दिएर बिदामा बस्ने निर्णय गरेको छु । जान अन्जानमा कसैको चित्त दुखाएको भए माफ गरि दिनु होला । सबैको जय होस् ।’
पदीय अवधि सकिन १ महिनाअघि बिदा बस्ने अन्यत्रको प्रचलन संघमा भित्र्याउने अध्यक्ष गुरुङको कोशिसलाई व्यवसायीहरुले कसरी लिने छन् त्यो भने हेर्न बाँकी नै छ ।
मध्यान्ह बाट






प्रतिकृया