• २१ असोज २०८३, बुधबार
  • ३ः१९ दिउँसो

अष्ट्रेलियाद्धारा बंगलादेश ४८ रनले पराजित, अष्ट्रेलिया विश्वकपको सेमिफाइनल नजिक

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०९:४८

बंगलादेशलाई ४८ रनले पराजित गरी साविक विजेता अष्ट्रेलिया एकदिवशीय विश्वकपको शीर्ष स्थानमा फर्किएको छ । विश्वकपको ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा पुगेको अष्ट्रेलियाको सेमिफाइनल प्रवेश पनि लगभग सुरक्षित बनेको छ।

National Life

नटिङघमको ट्रेन्ट ब्रिजमा ३८२ रनको लक्ष्य पछ्याएको बंगलादेशले पारीको अन्तिम बलमा सबै विकेट गुमाएर ३३३ रनमात्र जोड्न सक्यो ।

करिअरको सातौं र विश्वकपमा पहिलो शतक प्रहार गरेका बंगलादेशी विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमको प्रदर्शन छायामा परेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

चौथो नम्बरमा ब्याटिङ गरेका रहिमले ९७ बलमा ९ चौका र १ छक्कासहित १०२ रनको अविजित पारी खेले । यसअघि ओपनर तामिम इक्वालले ६२, शानदार लयमा रहेका शकिव अल हसनले ४१ तथा मुमुदुल्लाहले ६९ रनको अर्धशतकीय पारी खेले पनि बिशाल लक्ष्य भेट्टाउन असफल रहे ।

यसअघि दक्षिण अफ्रिका र वेष्ट इण्डिजबिरुद्ध सानदार प्रदर्शन गरेको बंगलादेशका बलरहरुले आजको खेलमा लय भेट्टाउन सकेनन् ।

बलिङमा अष्ट्रेलियाका मार्कस स्टोनिस, मिचेल स्टार्क र नाथान कल्टर नाइलले दुई दुई विकेट लिए । यो २ विकेटसँगै अष्ट्रेलियाका मिचेल स्टार्कले प्रतियोगितामा सर्बा्धिक १५ विकेट लिएका छन् ।

यसअघि ओपनर डेविड वार्नरले कीर्तिमानी प्रदर्शन गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धा्रित ओभरमा ५ विकेट गुमाएर ३ सय ८१ रनको बिशाल योगफल बनाएको थियो । यो एकदिवशीय विश्वकपमा अहिलेसम्मकै तेस्रो सर्बा्धिक योगफल हो ।

वार्नरले जारी विश्वकपमा सर्बा्धिक व्यक्तिगत रन प्रहार गर्ने क्रममा १ सय ६६ रनको पारी खेले । उनले १४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि कप्तान आरोन फिन्चसँग मिलेर १ सय २१ रनको साझेदारी गरे ।

फिन्च ५३ रन बनाएर आउट भएपछि आएका अस्मान ख्वाजासँग मिलेर दोस्रो विकेटका लागि सानदार १ सय ९२ रनको साझेदारी गरे । ख्वाजा शतक बनाउनबाट ११ रनले चुके । उनले ७२ बलमा १० चौका प्रहार गरेका थिए । ग्लेन म्याक्सवेलले १० बलमा ३१ रन प्रहार गरे । बंगलादेशका सौम्य सरकारले ३ विकेट लिए ।

प्रतिकृया