फन भ्याली प्रदुषणबारे स्थानीयको उजुरी
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ०९:५५
भक्तपुर । भक्तपुरको पलासेस्थित काठमाडौं फन भ्यालीले प्रदुशष बढाएको भन्दै स्थानीयवासीले स्थानीयतहमा उजुरी दिएका छन् । सूर्य्विनायक नगरपालिका वडा ‘भन्दै एक सय ४५ स्थानीयले वडा कार्यालयमा उजुरी दर्ता गराएका हुन् । विहिबार हिजो दिउँसो वडा नम्बर १० को कार्यालयमा पुगेर स्थानीयले वडा अध्यक्ष शिवराम राउत समक्ष उजुरी पत्र बुझाएका हुन् ।
१ सय ४५ जना स्थानीयको हस्ताक्षर रहेको उजुरी पत्रमा सूर्य्विनायक नगरपालिका वडा नम्बर ९ र १० का स्थानीयहरुले हस्ताक्षर रहेको छ । उजुरीमा ‘फ्न भ्यालीले बोरिङ्ग गरेको भएपनि हाल आएर स्थानीय कुसिङ्ग खोलामा ठुला ठुला खाल्डो खनेर पानी तान्ने गरेकाले सो तत्कान रोक्नु पर्ने माग गरिएको छ ।’ उजुरीमा फनपार्कले खोलाको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्ने गरेको र सफाईको क्रममा त्यो पानी पून सोही खोलामा फ्याक्ने गरेकाले खोला नै दुषित र प्रदुसित हुने गरेको उल्लेख गरेका छन् ।

उजुरी परेपछि वडाअध्यक्ष राउतले सम्बन्धीत दुई पक्षलाई राखेर यसबारेमा छलफल गर्ने बताए । काठमाडौं फन् भ्यालीका संचालक डा. भोगेन्द्र शर्मा गुरागांइले भने सो आरोप अस्वीकार गर्दै फनपार्ककै केही पूर्व संचालकले आफुलाई बदनाम गर्न यस्तो प्रचार गरेको आरोप लगाए । उनले आफु मिडियामा केही नबोल्ने भन्दै व्यवस्थान हेर्दै आएका लक्ष्मण गिरी प्रवक्ता भएकाले उनीसंग कुरा गर्न आग्रह गरे ।
फ्न भ्यालीले भने तीन वटा बोरीङ्ग गरेर २४ घण्टा पानी चलाउने गरेको बताउँदै खोला प्रदुषण गरिएको भनेर लगाएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेको छ । सेयर सदस्यबीचको बिवादका कारण लामो समयदेखि बन्द रहेको फनभ्याली दुई साताअघि मात्र सञ्चालनमा आएको थियो । फनपार्कले केहिवर्षयता भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रे लगायतका जिल्लावासीका लागि गर्मी छल्ने गन्तव्यको रुपमा ख्याति कमाएको थियो ।






प्रतिकृया