• २ असोज २०८३, शुक्रबार
  • ५ः१८ बेलुका

पाँचजना प्रहरीमा डेंगु संक्रमण

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०८:०४

धरानस्थित जिल्ला ट्राफिक कार्यालय, सुनसरीमा कार्यरत पाँचजना प्रहरीमा डेंगुको संक्रमण देखिएको छ । सईसहित पाँचजना प्रहरीहरू डेंगुबाट थलिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर होमनाथ दाहालले जानकारी दिनु भयो ।

National Life

सई एकराज खड्का, असई होमबहादुर खनाल, प्रहरी हवल्दार, पदमप्रसाद सुवेदी, प्रहरी जवान चित्रबहादुर कार्की र प्रहरी सहयोगी अणकबहादुर भट्टमा डेंगुको संक्रमण देखिएको दाहालले जानकारी दिनु भयो । त्यसमध्ये, सई खड्का र जवान कार्की भने मंगलबार डिस्चार्ज भएका छन् । उनीहरू जेठ ३० गते अस्पताल भर्ना भएका थिए । महामारीको रूपमा फैलिएको डेंगुबाट प्रभावित भएका धरानका सात सय २९ बिरामी उपचारपश्चात् घर फर्किएका छन् । डेंगु रोग लागेका अन्य ३३ जनाको अस्पतामा उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । वैशाख ३१ देखि धरानमा डेंगु फैलिएको हो ।

प्रतिकृया