• १ असोज २०८३, बिहीबार
  • १२ः०८ दिउँसो

मेलम्ची खानेपानी आयोजनामा अझै अलमल

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०७:५२

मन्त्रिपरिषद्ले गत जेठ ६ गते मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छिटोभन्दा छिटो सक्न ४३ करोड रुपैयाँमा ठेक्का दिई तत्काल काम थाल्ने निर्णय गरेको थीयो, निर्णय भएको एक महिना बिते पनि अझै काम सुरु भएको छैन तर ठेक्काचाहिँ दिइएको छ— बिनाप्रतिस्पर्धा ।

National Life

ठेक्काको कुल १० वटा प्याकेजमध्ये दुईवटामा मात्रै प्रतिस्पर्धा हुँदैछ । बाँकी ठेक्का तोकआदेशका भरमा दिइएको छ । आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल र प्रधानमन्त्रीका पूर्वाधार विज्ञ एवं मेलम्चीका पूर्वकार्यकारी निर्देशक घनश्याम भट्टराईले आठवटा ठेक्का प्याकेज बनाएका छन् । त्यस्तो ठेक्का उनीहरूले मन परेका ठेकेदारलाई धमाधम दिन थालेका छन् । स्रोतका अनुसार दुईवटा दिइसके। मन्त्रिपरिषद्बाटै काम छिटो सक्न बिनाप्रतिस्पर्धा ठेक्का दिए पनि हुने कार्यादेश प्राप्त भएकाले त्यसैको आडमा व्यापक चलखेल सुरु भएको हो ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

प्रतिकृया