• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

भन्सार छलेर ल्याउँदै गरेको सामान सहित पक्राउ

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०१:२३

सरावल गाउँपालिका-३ हात्तीवनबाट पाल्हीनन्दन गाउँपालिका-१ छोटकारी सुनरी बस्ने १८ वर्षीय अजमत अलीलाई भन्सार छली गरी ल्याउँदै गरेका करिब ३ लाख ८१ हजार २ सय रुपैयाँ बराबरको सामानहरु सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले अजमतलाई  फुल सर्ट ८ सय ४ थान, दोसल्ला ३ सय थान, युपी ५३ जेट १९८२ र युपी ५६ एफ १५२७ नम्बरको २ वटा मोटरसाइकल सहित पक्राउ गरेको हो । सामान लिएर आउँदै गरेका अर्का एक व्यक्ति फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया