• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

मलेसियामा नेपालले २ वटा टी–२० खेल्ने

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०९:४२

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला कीर्तिपुर मैदानमा अभ्यासमा व्यस्त छ ।

नेपाली टिमका लागि विदेशी प्रशिक्षक उमेश पट्वाल आएपछि अहिले दिनहुँ कीर्तिपुरमा व्याटिङ र बलिङको प्रशिक्षणमा जुटेको हो । त्यसका लागि २५ जना खेलाडीलाई बोलाइएको छ ।

Kamana Sewa

नेपाली क्रिकेट टिमले सिंगापुरमा जुलाई २२(२८ सम्म हुने प्रतियोगिताका लागि मलेसियमा अभ्यास थप अभ्यास गर्ने भएको छ । मलेसियाको राष्ट्रिय टिमसँग २ वटा टी–२० सिरिज खेल्ने तयारी गरेको छ ।

Classic Tech Desktop

त्यसका लागि आईसीसलाई पत्राचार भइसकेको नेपाली टिमका प्रशिक्षक पट्वालले जानकारी दिए । उनले भने ‘मलेसियाको राष्ट्रिय टिमसँग २ वटा टी–२० खेल्नका लागि आग्रह गरेको छु ।’

पट्वाल आईसीसीको समन्वयमा नै नेपाली क्रिकेट टिम हेर्न नेपाल आएका हुन् । यसैबीच नेपाली यू–१९ क्रिकेट टिम भारत भने नजाने भएको छ । एशिया कप छनोट खेल्ने तयारीमा रहेको यू–१९ टिमले भारतमा अभ्यास खेल खेल्ने तयारी गरेपनि आईसीसीबाट कुनै प्रतिक्रिया आएको छैन् ।

प्रतिकृया