• १८ भदौ २०८३, बिहीबार
  • ३ः०५ दिउँसो

गर्मी बढे संगै औषधि अभाव

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०९:४४

रौतहट स् केहि दिनयता एक्कासी बढेको अत्यधिक गर्मीका कारण बिरामी बढेपछी रौतहटको राजदेवी नगरपालिकामा भित्र पर्ने स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । प्रचण्ड गर्मी र तातो घामको कारण विभिन्न किसिमको रोगका संक्रमण बढ्ने खतरा रहेको अवस्थामा स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधि व्यवस्थापन गर्नुको साटो नगर प्रमुख, उपप्रमुखको विवादले औषधिको कृत्रिम अभाव सृजना गरिएको स्थानीयले आरोप लगाएका छन् ।

टेण्डर प्रक्रियाबाट औषधि खरीद भई नगरपालिकामा दाखिला भएपनि स्वास्थ्य संस्थाहरुमा भने आपूर्ति हुन सकेको छैन । ज्वरो, झाडापखाला, लू, जुकाम लगेमा नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन जाँदा औषधि नपाइने अवस्था रहेको छ । नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थामा जुकाको औषधि, परिवानियोजनका साधन, महिलाहरुले खाने चक्कीको समेत अभाव रहेको देखिएको छ । निर्वा्चित जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने खेलमा आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारको उल्लङ्घन गरेको बताइएको छ ।

Kamana Sewa

नगर उपप्रमुख अंशु सिंहले औषधी खरीदमा अनियमिता भएको भन्दै औषधि भण्डारण गरिएको कोठामा ताल्चा लगाई छानबिन हुनुपर्ने माग गर्नु भएको छ । उपप्रमुख सिंहले टेण्डर भएको अनुसार औषधि नभएको दाबी गर्नु भएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय पाण्डेयले औषधि खरीदमा कुनै किसिमको अनियमितता नभएको दाबी गर्नु भयो । गर्मीका कारण विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । जनताले सहज रुपमा प्राप्त गर्ने स्वास्थ्य सेवा अवरुद्ध गर्नु आम नागरिकको स्वास्थ्यसँग खेलवाड़ भइरहेको स्थानीयहरुले बताएका छन् ।

Classic Tech Desktop

विद्यार्थीको आँखाको परीक्षण
रौतहटको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालवामा सञ्चालित नेमधारी बासुदेव नमूना विद्यालयमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

प्रतिकृया