गुठी बिधेयक फिर्ता नलिए ,भक्तपुरको भैरवनाथ मन्दिरको नित्य पूजा रोकिने चेतावनी
प्रकाशित मिति
२०७६ जेष्ठ ३१ गते, शुक्रबार ०३:०९
भक्तपुर । सरकारले ल्याएको गुठी बिधेयक फिर्ता नलिए भक्तपुरको भैरवनाथ मन्दिरको नित्य पूजा रोक्ने चेतावनी दिएका छन् ।
गुठी संरक्षण समितिको संयोजक तथा भैरबनाथ नौ बाजा गुठीका सदस्य कृष्णराज जोशीले सरकारले ल्याएको गुठी बिधेयक फिर्ता नलिए दैनिक हुने नित्य पूजा रोक्ने चेतावनी दिएका हुन् ।

उनले बिधेयकले संस्कृति र परम्परा माथि हमला गरेको भन्दै यदि बिधेयक पारित भएका भक्तपुर प्रसिद्ध जात्रा बिस्केट लगायत बिभिन्न जात्राहरु रोकिने बताए ।

देशैभर गुठी बिधेयक बिरुद्ध प्रदर्शन भइरहेका बेला भक्तपुरमा पनि गुठीयारहरुले गुठी संस्थामा घेराउ गर्दे आन्दोलन गरेका छन् ।
देशैभर रहेका गुठीयारहरु माथि सरकारले नियोजित रुपमा बिधेयक ल्याएर धर्म र संस्कृतिमा माथि आक्रमण गर्दै नेपाल र नेपालीको अस्तित्व समाप्त पार्ने खेलमा लागेको गुठीयारहरुले बताएका छन् ।
लिच्छवि कालिन समयदेखि चल्दै आएको गुठी र गुठीको सम्पत्तिमा सरकारले आँखा लगाएर भूमाफियालाई पोस्ने उद्देश्यका साथ उक्त बिधेयक ल्याएको सरोकारवालाहरुले आरोप लगाएका छन् ।
युद्धकालिन समयमा तत्कालिन माओवादीलाई क्रिशियनहरुले गरेको आर्थिक सहयोगको ऋण तिर्न नेकपा सरकारले नियोजित रुपमा नै गुठी बिधेयक ल्याएर सन्तान धर्म नै सखाप पार्ने योजनबद्ध तरिकारले बिधेयक ल्याएको जोशीले बताएका छन ।




प्रतिकृया