बजेटले देशमा वित्तीय सङ्कट ल्याउने : डा महत
प्रकाशित मिति
२०७६ जेष्ठ ३१ गते, शुक्रबार ०२:३१
चितवन । पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । चितवनमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उहाँले ऋण लिएर बजेटको आकार बढाइएको बताउनुभयो ।
एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उहाँको भनाइ थियो ।

डा महतले जिडिपिको करीब १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तीय सङ्कट ल्याउने , महँगी बढाउने बताउनुभयो । आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको उहाँले प्रकाश पार्नुभयो ।

मानव अधिकार, सङ्क्रमणकालीन न्याय लगायत ल्याउन लागिएका विधेयकका विषयमा अन्तर्रा्ष्ट्रिय जगतको ध्यानाकर्षण भएको उहाँको भनाइ थियो ।
वर्तमान सरकारप्रति सर्वसाधारण र वौदिक वर्ग निरास भएसँगै काङ्ग्रेसप्रतिको लहर बढेर गएको उहाँले दाबी गर्नुभयो । काङ्ग्रेसभित्रको गुट अन्त्यगरी पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्ने बताउनुभयो ।




प्रतिकृया