• २३ भदौ २०८३, मंगलबार
  • ३ः३० राती

भक्तपुरको मुहार फेर्ने नेकपाको जिम्मा : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ०२:००

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आजको लगानी भोलिको भविष्य हुने भन्दै भक्तपुरको मुहार फेर्ने नेकपाको जिम्मा भएको बताउनुभएको छ ।

National Life

सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थितीत काँक्रावारीमा सडक शिलान्यासको क्रममा उहाँले अबकका दिनमा भक्तपुरको विकास कसैले रोक्न नसक्ने बताउँदै केही वर्ष विदेश गएको मानिस आफ्नो गाउँ फर्केर आउँदा उसले आफ्नो घर गाउँ चिन्न कठिन हुने गरी विकास भएको बताउनुभयो ।

उहाँले भक्तपुरको विकास जुरुक्क उठेको बताउँदै आगामी दिनमा भक्तपुरका सवै ठाउँ दुर्गम नभई सुगम तथा विकसित स्थानको रुपमा स्थापीत हुने बताउनुभयो । साथै काँक्रावारीमा करोडभन्दा बढी बजेट इतिहासमा नै नआएको बताउँदै नीजि तथा सरकारी क्षेत्रको को सहकार्य नै भक्तपुरको समृद्धि र विकास सम्भव भएको उहाँले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद बस्नेत भननुहुन्छ, “अब काँक्रावारी कर्णाली नभई विकसित र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनेछ । जनताले चाहे विकास गर्न असम्भव छैन, भक्तपुरका विभिन्न ठाउँहरुमा पर्यटन, इकोभिलेज, होमस्टे, अर्गा्निक खेती, प्याराग्याइडिङ, बन्जीजम्प लगायतका कार्यहरु अघि बढिसकेको छ । र खेलकुद, भौतिक संरचनाहरुको विकास तिव्र गतिमा कैलाशपती महादेवदेखी नंखेल जोड्ने उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुल निर्माणको प्रकृयामा रहेको छ ।”

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कैलाशपती महादेवदेखी अनन्तलिङ्गेश्वरसम्मको क्षेत्रलाई ग्रामिण पर्यटकीय क्षेत्र घोषणा गर्ने नेपाल सरकारले तयारी गरिरहेको जानकारी गराउँदै काँक्रावारीलाई केन्द्रविन्दु बनाई उपत्यका विकास प्राधिकरणको तर्फबाट यो वर्ष ३१ करोड रकम छुट्याइएको र उत्साह तथा जोसजाँगरका साथ काम गरे बजेट आवश्यक मात्रामा थप गर्न सकिने समेत बताउनुभयो।

सवैको सहयोग नै भक्तपुरको विकास भएको बताउँदै सांसद बस्नेतले विभिन्न प्रकारका विविधताबीचको एकता नै नेपालीको राष्ट्रियता भएको बताउनुभयो ।

कार्यक्रममा  सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा तथा वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीले स्थानीयवासीको मागलाई सम्बोधन गरेको र आगामी दिनमा काँक्रावारीलाई देशकै अकर्षणको केन्द्र विन्दुको रुपमा विकसित गराउने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिकृया