• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

आज हलमा प्रियंका–आयुष्मानको प्रेम दिवस र झट्का

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ०३:१३

 

आज जेठ ३१ गते फिल्म ‘प्रेम दिवस’ र झट्का देशभर एकैसाथ प्रदर्शनमा आएको छ । प्रेम दिवसमा रियल जोडी अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको भूमिका छ ।

Kamana Sewa

योगेश घिमिरेको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका, आयुष्मानका साथै नव अभिनेता विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा प्रियंकालाई आयुष्मान र विशालको दोहोरो प्रेममा देखाइएको छ।

Classic Tech Desktop

प्रदीप भारद्वाजले एक युवतीले गरिब र धनी युवकसँग प्रेम गर्दा आइपर्ने बिषयमाथि फिल्मको कथा लेखेका हुन् । कार्यकारी निर्माता सञ्जय न्यौपाने रहेको यस फिल्मलाई मनिष दाहालले निर्माण गरेका हुन् ।

प्रेम दिव सँगै सुरविर पण्डितको मुख्य भूमिका रहेको फिल्म ‘झट्का’ पनि प्रदर्शनमा आएको छ । रमेश बिसुङ्खेको निर्देशनमा तयार भएको यस फिल्ममा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ लगायतको अभिनय रहेको छ । जीवन पराजुलीको छायांकन रहेको यस फिल्मका निर्माता तुलसीलाल नेवा हुन् ।

प्रतिकृया