• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

विश्वकप क्रिकेट : आज इंग्ल्याण्ड र वेष्ट इण्डिज भिडदै

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ०९:२७

 

गौरब । बंगलादेशमाथि १०६ रनको जितपछि इंग्ल्याण्डले आईसीसी एकदिवशीय विश्वकपको आफ्नो चौथो खेलमा एक सन्तुलित टिम वेष्ट इण्डिजको आतिथ्य गर्दैछ ।

Kamana Sewa

शुक्रबार साउथह्याम्प्टनस्थित ह्याम्प्सायर ओभलमा यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।
पाकिस्तानसँगको अप्रत्यासित हारपछि इंग्ल्याण्डले बंगलादेशबिरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो । सुरुआती ब्याटिङ गरेर ३८६÷६ को योगफल खडा गरेको इंग्ल्याण्डले बंगलादेशलाई ४९ ओभरमा २८० रनमै समेटेको थियो ।

Classic Tech Desktop

बंगलादेशको स्पिन बलिङ ट्र्यापमा इंग्ल्याण्डका सुरुआती ब्याट्सम्यानले संघर्ष गर्नुपरेन । ओपनर ज्यासन रोयले १५३ रनको सानदार पारी खेलेका थिए ।
बलिङतर्फ बेन स्टोक्सले किफायती ओभर लिए । वेष्ट इण्डिजमा बायाँ हाते ब्याट्सम्यानको संख्या उल्लेख्य रहँदा मोइन अलीले इंग्लिस टोलीको प्लेइङ सेटमा पुनरागमनको सम्भावना बढाएका छन् ।

अर्कोतर्फ वेष्ट इण्डिजका बलरहरुले प्रतियोगितामा अहिलेसम्म सबैलाई तहस नहस पारेका छन् । तर, उसको ब्याटिङ लाइन अष्ट्रेलियाबिरुद्धको खेलमा चल्न नसक्नुको परिणाम व्यहोरेको थियो ।

वेष्ट इण्डिजका फाष्ट बलरले दक्षिण अफ्रिकाबिरुद्धको खेलमा पनि सानदार पदर्शन गरेका थिए । सेल्डन कोट्रेलले सुरुमै दक्षिण अफ्रिकाको २ विकेट झारे पनि बाँकी खेल वर्षाका कारण हुन सकेन र रद्ध भयो ।

वेष्ट इण्डिजका ब्याट्सम्यानहरुले आफ्ना बलरहरुजस्तै उच्च प्रदर्शन गर्नुपर्नेछ । किनभने इंग्ल्याण्डको ब्याटिङ लाइनकप पुछारक्रमसम्म उस्तै बलियो छ ।

एकपल्ट फेरि इंग्लिस बलर जोफ्रा आर्चरको सानदार बाउन्स हेर्न पाइनेछ । जो वेष्ट इण्डिजका क्रिश गेल र अन्य ब्याट्सम्यानलाई निशाना बनाउन तयारी गरिरहेका छन् ।

शुक्रबार साउथह्याम्प्टनमा बदली हुनेछ र त्यसको फाइदा फाष्ट बलरले उठाउन सक्नेछन् । टस जित्ने कप्तानले फिल्डिङ रोज्ने सम्भावना रहन्छ । मध्याह्नपछि वर्षाको सम्भावना पनि छ ।

प्रतिकृया