• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

बेलायती समाज मा क्षमता महिला संयोजक पदमा उम्मेद्वारी दिदै

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ०९:५०

गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अधिबेशन नजिकिदै गर्दा बेलायती समाज मा नेपाली क्षमता ढकालले एनआरएनए एनसीसी बेलायतको महिला संयोजकमा दावी गरेकी छन्।

आउँदो सेप्टेम्बर १४ मा निर्वाचनमाँ समाजसेवी क्षमता ढकालले महिला संयोजक पदमा उम्मेद्धारी दिने भएकि छन् । उनि बेलायतको नेपाली समाजमा समाजसेवी भूमिमा परिचित नारी हुन् ।

Kamana Sewa

मानव अधिकार र एनआरएनएका बिषयमा आवाज उठाउने ब्यक्तिहरुले यस्तै व्यक्तिहरुलाई खोजी गर्दै नेतृत्वमा र्पुयाउन एउटा साझा प्लेटफर्मको खोजी गरीरहेका हुन्छन। त्यसै क्रममा एनआरएनए एनसीसी युकेको अधिबेशनमा महिला संयोजकको उमेदवार गराएको छ ।

Classic Tech Desktop

करिब एक दशक अगाडि बेलायत पुगेकी क्षमता ढकालको जीवनले सोचेभन्दा छुट्टै मोड लिन पुग्यो । र्नसिंङ्ग होममा काम गरिरहेकी क्षेमता ट्यारोट कार्ड, वास्तु रेकी र स्टोनको विषयमा दुई वर्ष अध्ययन गर्न पुगिन । नाम अनुसारको काम भने जस्तै उनको क्षमताले गर्दा अहिले मानिसहरुको भविष्यवाणी हेर्ने कार्यमा व्यस्त रहेकी छिन । ज्योतिष विद्याभन्दा फरक तथा आधुनिक विज्ञानसँग सम्बन्धित ट्यार्रो कार्डबाट मानिसको राशिमा के भैरहेको छ भन्ने अध्ययन गरिन्छ ।

नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालकी सुपुत्री क्षमता ढकाल नेपालमा जावलाखेल निवासी हुन् भने हाल लण्डनको साउथ ह्यार्रोमा बस्दै आएकी छन् ।
क्षमता ढकालले यो पटक आफु एनआरएनए एनसीसी यूकेको नेतृत्वमा पुगे या नपुगे पनि राम्रो नेतृत्व ल्याउनका लागी सकृयता देखाउने बताएकि छिन ।

यति मात्र होइन ढकालले बिषय र प्रसङ्ग अनुसार आफ्ना बिचार स्पष्ट रुपमा सम्प्रेषण गर्ने गरेको कुरा समेत बताउदै आफ्नो अघिल्लो लेखको मर्म अनुसार हाम्रो भन्दा पनि राम्रो नेतृत्व चयन होस भन्ने बताइन ।

उनी भन्छिन , ” हुन त मैले यसरी आवाज उठाइरहँदा साथिभाइ, ईष्टमित्रहरुबाट उम्मेदवार बन्न धेरै सल्लाह सुझाव र हौसला प्रदान भएको छ। सामाजिक सञ्जालका साथीहरुले समेत सल्लाह र सुझाव दिएका छन्। यसबाट मेरो मनोबल बढेको छ। त्यसैले मलाई पनि कता–कता महिला संयोजक पदमा उम्मेद्वार बनाउन कि जस्तो लाग्न थाकेको छ। तर आट गर्न भन्दा एक पटक युकेको नेपाली समाज र सबै समुदायका अग्रज तथा प्रिय साथीभाइहरुसित बसेर छलफल गरौ कि जस्तो मनस्थितिमा छु। तब मात्र मेरो अन्तिम निर्णय लिने सोचमा छु, ।”

लोकतान्त्रिक पद्धतिबाट चुनावी मैदानमा उत्रिसकेपछि हार जीतलाई सहर्षै स्विकार्नु पर्छ। हार्ने डरत्रास र जित्ने उन्मात राख्ने मान्छे म होइन। युकेको नेपाली समाजमा म भन्दा धेरै सक्षम साथीहरु पनि हुनुहुन्छ। म उहाँहरुको मानसम्मान र सधै धेरै इज्जत गर्छु। मेरो जस्तै सबैको चाहना राम्रो नेतृत्व चयन होस भन्ने नै मलाई लाग्दछ। तर धेरैले आफ्नो स्वार्थको लागी चुनावी मुखमा आएर सोचलाई परिवर्तन गर्दछन। सक्षम, क्षमतावान र योग्य भन्दा पनि फलानो मेरो ज्वाई, जेठान, दिदी-भेना, सासुससुरा, गाउँ-ठाउँको मान्छे यति सम्मकी गोरु वेचेको साइनो ल्याएर योगदान र योग्यताको मूल्याकंनलाई छाँयामा पार्दछौ हामी ।

आ आफ्नो बिचारको राजनीति आफ्न्त र सम्बन्ध भन्दा माथि समाज सेवामा नैतिकता र मानवतालाई ठुलो मान्नु पर्दछ। एनआरएनएका पंजीकृत सदस्यहरुले नेपाली समाज र नेपाली समुदायको मर्मलाई ध्यानमा राखी नेतृत्व चयनको समयमा विशेष ध्यान पुराउन अति जरुरी छ।

एनआरएनए भनेको ८० मुलुकहरु आधिकारिक रुपमा रहेको संस्थाहो। यसले ति मुलुकमा रहने लाखौँ नेपालीहरुको अभिभावकत्व ग्रहण गरेको हुनुपर्छ। यसले सबैको साझा संस्था बन्नुपर्छ। यसको अस्तित्व र छविलाई जोगाउन हामी पंजीकृत सदस्यहरुले नै धेरै जिम्मेवार हुनुपर्छ। त्येसैले म भित्र हामी र मेरो भित्र हाम्रो र राम्रो समाजसेवी अगुवाले एनआरएनए एनसीसी युकेको नेतृत्वमा चयन हुनुपर्ने ढकालको धारणा रहेको छ ।

प्रतिकृया