भक्तपुरमा सञ्चार स्वनियमन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७६ जेष्ठ ३० गते, बिहीबार ०२:१९
भक्तपुर । बिहीबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले सञ्चार स्वनियमन बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टले मिडिया बिधेकको आन्दोलन असफल भए मिडिया धारासायी हुने बताउनुभएको छ ।
उहाँले सरकारले कुत्सित मानसिकतामा ल्याएको मिडिया बिधेयकले सरकारको गुनगाउनेहरुका लागि मात्र भएको र आलोचना गर्नेहरुका लागि जेल र आर्थिक सजाय भएको बताउनुभयो ।

साथै समाचार लेखेकै भरमा पत्रकाकारले भोग्नु पर्ने आर्थिक र जेल सजाय सरकारले ल्याएको बिधेयकले पूर्णता पाए नेपालमा सञ्चार जगतको अस्तित्व नै समाप्त हुने उहाँको भनाइ थियो ।

पत्रकार जगतमा देखा परेको गलत प्रकृतिलाई नियन्त्रण गर्दै सुद्धिकरण गर्नेमा पत्रकार महासंघ लागि परेको भन्दै हाल बिधेयकका बिरुद्धमा महासंघ लागेकाले न्यूनतमा पारिश्रमीकको बिषय केही समय ओझलमा परेको उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले पत्रकारहरुको जारी अन्दोलन स्वतन्त्र प्रत्रकारिता र अभिब्यक्ति स्वतन्त्रताको पक्षमा भएकाले सत्यताको बिजय हुने दावी गर्नुभयोे ।
त्यस्तै पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रले पत्रकारहरुले स्वनियमन गर्दै पत्रकारीताको धर्म निर्वाह गर्नु पर्नेमा जोड दिँदै १०० बुँदे स्वनियमन कार्यतालिकाबारे जानकारी दिनुभयो ।
कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष शुसिल बन्धु थापाले कतै पत्रकारले तलब नपाएर अर्थिक अभाव बेहोर्नु परेको छ कतै राता रात महल ठडाउनेहरु पनि भएकाले पत्रकारको सम्पत्ति सुद्धिकरण गरिनु पर्ने बताउनुभयो ।
उहाँले पत्रकार स्वतन्त्र रहेन भनियता पनि राजनीतिक दलका भातृ संगठनका रुपमा कार्यररत रहँदा राजनीतिक दलका नेताहरुका हावी भएकाले राजनीतिक दलका भातृसंठका रुपमा रहेका पत्रकार संघ संस्थाहरु खारेज गरेमात्र केही भएता पनि सुद्धता आउने बताउनुभयो ।
त्यस्तै कार्यक्रमा नेपाल प्रेस संगठनका केन्द्रिय सदस्य सोम शर्मा बजगाई, नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष नारायण सुन्दर किलम्बु, पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारले ल्याएको मिडिया बिधेक संचार क्षेत्रमा अंकुश लाउन ल्याएको र यसले नेपालीको वाक स्वतन्त्रताको हनन् गरेको आरोप लगाउनुभयो ।
नेपालको सिंगो सञ्चार जगत अन्दोलनमा उत्रिएको अवस्थालाई मध्यनजर गर्दै तत्काल फिर्ता नलिए यसले वर्तमान सरकारलाइ निकै ठूलो धक्का पुग्ने बिश्वास ब्यक्त रहेको छ ।





प्रतिकृया