• १ असोज २०८३, बिहीबार
  • ६ः०३ बेलुका

नियन्त्रित लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०२:१८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सिन्धुपाल्चोक चौतारा नगरपालिका-२ का ३४ वर्षीय विदुर थापालाई नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, नुर्फिन ५० एम्पुल र नाइट्राभेट १ सय ८० ट्याव्लेट सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ९५५ नम्बरको बसमा जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित बसमा सवार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

National Life

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट भारत विहारका १९ वर्षीय महम्मद सवीरलाई नियन्त्रित लागूऔषध डाइजेल्याब १ सय एम्पुल, फेनारगन १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५९५९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
पर्सा, पर्सागढी नगरपालिका-१ मनवा बजारबाट सोही नगरपालिका-२ बस्ने २० वर्षीय रामचरण महतो चौधरी समेत ३ जनालाई नियन्त्रित लागूऔषध नाइट्रोभेट ६० पिस सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध सेवन गरी स्थानीयसँग बादविवाद गरिरहेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी मनवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने सोही महानगरपालिका-९ घर भएका ३८ वर्षीया देवी कुमारी गुप्तालाई डाइजेपाम ३ सय एम्पुल, फेनरागन ३ सय एम्पुल र नुर्फिन ३ सय एम्पुल सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा अमरसिंह चौरमा  उनको झोला जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया