• ४ साउन २०८३, सोमबार
  • १:०७ बिहान

इसा गुरुङ को सहयोग ले कचालि बासि मा छायको खुसि

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०१:२१

उत्सब बजगाईं,

पश्चिम कैलालीको कचालीमा छाप्रोमा अध्यनरत बालबालिकाहरुलाई युकेमा रहेकी समाजसेवी ईशा गुरुङले आर्थिक सहयोग गरेकी छिन । समाजसेवी गुरुङले अभियानबाट ८ लाख ५५ हजार ५ सय ५५ रकम सहयोग गरेकी हुन् । उक्त रकम गत आइतबार सामाजिक अभियन्ता अर्जुन भुषालको रोबरमा बिद्यालयलाई हस्तान्तरण भएको हो । सानो छाप्रोमा अध्यन गरिरहेका बालबालिकाहरुको भवन निर्माणमा आर्थिक अपुग भएपछी ईशा गुरुङको पहलमा दुइ हप्ते अभियान चलेको थियो ।

Kamana Sewa

Classic Tech Desktop

सो अभियानमा देश बिदेशमा रहेका ९१ जना मनकारी दाताहरु जोडिएर सहयोग गरेको ईशा गुरुङले बताएकि छन् । रकम हस्तान्तरण पछि समाज सेवी गुरुङले सहयोगी दाताहरुलाई धन्यबाद दिंदै भनेकी छन, ‘अझै स्कुल भबनहरू गाउँ-गाउँमा बन्नु पर्छ, कुनै पनि बालबालिकाहरू गोठ र बारीमा पढन नपरोस ।’ समाजसेवी ईशा गुरुङको पहलमा सहयोग पाएपछि स्थानीयबासीहरुले खुसि व्यक्त गरेका थिए । दुर्गमबासीलाई सहयोग र माया गरेको भन्दै गुरुङलाई स्थानीयले दिर्घायुको कामना समेत गरेका थिए ।

बिद्यालय भवन निर्माण कार्य अन्तिम अबस्थामा रहेको अभियन्ता अर्जुन भुसालले जनाएका छ्न । उनका अनुसार उक्त भवन अब केहि दिनमै हस्तान्तरण हुनेछ । युकेमा रहेकी समाजसेवी ईशा गुरुङ समाज सेवामा निकै चर्चित नाम हो । सामाजिक सेवामा निरन्तर खटिरहने क्रियाशील अभियन्ता मध्यमा सायद उनि सबै भन्दा अगाडी छिन ।

उनको सहयोग अभियानबाट थुप्रै दुखि गरिबहरुलाई राहात मिलेको छ । उनले अहिले सम्म चलाएका कति वटा अभियानहरु छन् ? भनेर गन्ति गर्नु भन्दा, ईशा गुरुङ कति दिन अभियान बिहिन खालि बसिन ? भनेर खोज्नु सायदै उपयुक्त होला । भवन निर्माण कार्य अन्तिम अव्स्थामा पुगेको लक्स्मण बजगाइ ले जानकारि दिनु भयो। 

प्रतिकृया